बैदाम तामाङ समाजद्वारा अपांगमैत्री समाजलाई सहयोग

पाेखरा | माघ ८, २०७९

बैदाम तामाङ समाजद्वारा अपांगमैत्री समाजलाई सहयोग

पोखरा:  सोनाम लोसारका अवसरमा बैदाम तामाङ सेवा समाजले अपांगमैत्री समाज कास्कीका दृष्टिविहिनहरूलाई खाद्यान्न सहयोग गरेको छ ।


समाजले शनिबार एक कार्यक्रमक बिच लेखनाथको भण्डारढीमा रहेको समाजको कार्यालयमा पुगी १५ हजार बराबरको खाद्यन्न सहयोग गरेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।


समाजका अध्यक्ष तामाङ र सचिव निमा तामाङले अपांगमैत्री समाजका अध्यक्ष दण्डपाणी ढकाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् । विगतका बर्षहरुदेखि बैदाम तामाङ समाजले ,समाजका दृष्टिविहिनहरूलाई सहयोग गदै आएको समाजका अध्यक्ष तामाङले बताए ।


सो अवसरमा मिस तामाङ पोखरा–२०२३ की विजेता रोश्मा तामाङले ५ हजार रुपैया प्रदान गरिन् । उनले मिस तामाङ को बिजेता हुदा सोधिएको प्रश्नमा समाजसेवा गर्ने आफ्नो चाहाना स्वरुप सहयोग गरेको बताइन् ।


तामाङ समुदायले आइतबार धुमधामका साथ लोसार मनाउँदै छन् । लोसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ । 


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्